१४ बैशाख २०८१, शुक्रबार 1714168570
Banner

भीम रावलको एमाले विराधी रोइलो

एमाले नेता भीम रावल बारबार एमालेले विभिन्न पार्टीहरुसित स्थानीय स्तरमा चुनावी तालमेल गरेकामा बारबार विरोध गरिरहनु भएको छ । यही बैशाख ६ गते ऋषि धमलासितको वार्तामा रावलले पहिले झैँ एमाले विरुद्ध उग्र भन्न मिल्ने असंयमित र असन्तुलित विचार गरेको यस लेखकले सुनेको थियो । चुनावी तालमेल वा गठबन्धन पनि हेर्नाको हुन्छ । परबाट सरक्क हेर्दा बुद्ध नाक मुख भएकै मानिस हुन् तर सार र अन्तर्यमा उनी पेटु मनुवा होइनन् । साधु पनि चोर बाटो हिड्यो भने साधु कहलिँदैन । तर एक समयमा कुनै कमजोरी गरेको रहेछ भने र सच्चिने अवस्थामा छ भने हात र साथ दिनुपर्छ ।
रावल कमरेड तपाईँ आफैँमा कति कमजोरी होलान् र छन् तपाईँले आफूलाई आफैँले सच्याउनु पर्ने बग्रेल्ती विषय र स्वभाव छन् । यो लेखक हर पार्टीका उपल्ला तहका नेताहरुको ग्रह,दशा हेरेर नै बसेको छ ।

एमालेले गरेको चुनावी तालमेल राष्ट्रघाती र जनघाती होइन राजतन्त्र पक्षधर पनि होइन । भारत अनु्कूलको वा कन्फर्टेवल सरकार पक्षधर त झन् होइन र अहिले त्यस्तै कठपुतली सरकार बनाउने उ्देश्य पनि एमालेको होइन । यति कुरा पनि रावलले नबुझेको होइन होला तर सार्वजनिक खपतका लागि संविधानका बुँदा पल्टाएर र त्यसका आधारमा आफ्ना सर्वथा अनुचित दलील ठीक भन्न मिल्दैन । देशको स्वाधीनता, स्वतन्त्रता र सार्वंभौम सत्ता सुरक्षित गर्नका लागि एमालेसित मिल्न आउने पार्टी र शक्तिको विरोध गरिरहनुको कुनै तुक छैन । दार्चुला निवासी जयसिंह धामीलाई महाकालीमा बगाएर मारेको घटनामा गठबन्धन सरकार चुप्प रहेको विषयलाई सामान्य ठान्नु भएको छ रावल कमरेड ? मान्छे म¥यो भन्दा पनि काल पल्केको स्थिति हो ।

दिनदहाडै आफ्नो नागरिक मारिँदा नबोल्ने देउपा,दाहाल र नेपालसित गठबन्धन गर्नु जनहितका लागि हो र ? ओलीको सरकार भएको भए त्यस्ता गतिविधि गर्ने हिम्मत नै गरिने थिएन र गरिएको भए माफ माग्नु पर्ने र क्षतिपूर्ति भर्नु पर्ने अवस्था आउँथ्यो । यति कुरा सामान्य जनताले बुझ्छन् । रावलजी तपाई किन बुझ्नु हुन्न । अनि बुझीबुझी बुझ पचाएर पार्टीमा सधैँ रडाको किन गर्नु हुन्छ ? एमालेमा निर्वाचन केन्द्रित जनआकर्षण स्वरुप उर्लिएको जनसमुद्र विरुद्ध किन बारबार बौखलाउनु हुन्छ रावल कमरेड ? यसका पछाडि केही न केही रहस्य छ र त्यसको पोल यही लेखकले समयमा खोल्नेछ । अपराध सहँदा झन् अपराध र अन्याय बढ्छ । घरभित्र नै शत्रु छ भने वैरीलाई घरभाँड्न अरु सजिलो हुन्छ । अन्यायका विरुद्धको आक्रोष र रिस पनि सौन्दर्य हुन्छ कमरेड ।

ओली सरकारलाई हटाउने बित्तिकै महाकालीमा भारतले रातारात एक तर्फी पक्की तटबन्ध बनाएर बर्खे भेलबाढी नेपालतिर फर्काउने कृत्य गर्दा पनि यो सरकार मौन रहेको अर्को विषय अझ संवेदनशील रहेको छ । यो मौन सम्मतिको लक्षण होइन यो कुरा भीम रावललाई थाहा छैन ? आम जनतामा यस्ता चरम र सरम लाग्दा जनविरोधी विषय प्रवाह नगरी आफ्नै पार्टी र प्रमुख नेतृत्वको धज्जी उडाउँदा कुन नेतालाई मजा आउँछ । अलिकति त अनुशासन भन्ने कुरा पनि हुँदो हो । प्रधानमन्त्री शेरबहादुर देउपा भारत भ्रमणका बेला चुच्चे नक्सा बुच्चे पार्नु भयो । के यो चानचुने विषय हो । यस्तै कामका लागि दाहाल नेपाल हत्ते हालेर लागेकाले चुइक्क बोल्दैनन् । हाम्रा दवावमा चुच्चे नक्सा जारी गरेको भन्ने यी फुच्चे दाहाल नेपालको कथित राष्ट्रवादी खोल उदाङ्गो भयो । यस्तै यस्तै देशघाती र जनघाती काम गर्नका लागि ओली सरकारलाई दाहाल र नेपाल विरुद्ध सुरुदेखि विरोध गरेर अन्तिममा हटाउन हत्ते हालेका हुन् । के उपर्युक्त विषयहरु सामान्य हुन् ? रोग यसरी नै सुरु हुन्छ स्वाधीनताको अपहरण यसरी नै सुरु हुन्छ । रावल कमरेडले यस्ता विषयलाई सामान्य ठानेको हो ? रुघा लाग्दा वास्ता गरिएन भने निमोनियाँ हुन्छ । ग्यास्टिक बिग्रियो भने अल्सर हुन्छ र क्यान्सर पनि हुन्छ कमरेड ? जयसिंह धामी मारिए भन्दा पनि अरु धेरै जयसिंह धामीहरु मरिने खतरा देख्नु हुन्न रावल कमरेड ? एमालेले राजतन्त्र विरोधी राप्रपा थापा समूह सित चुनावी तालमेल गरेको । जनघात र राष्ट्रघात विरुद्ध मिल्ने शक्तिहरुसित चुनावी तालमेल हुन्छ र गर्नुपर्छ ।

तपाईँमा अति प्रशंसा र अति निन्दा गर्ने अतिवादी प्रवृत्ति छ । एकताका माधव नेपाललाई द्यौता नै मान्नु हुन्थ्यो । यस्ता नेताहरु नितान्त निजी विषयमा मात्र खुसाउने र रिसाउने खालका हुनछन् । अति प्रशंसा र असित निन्दा गर्नबाट एउटा कम्युनिस्ट नेता बच्नु पर्छ । तपाईँले मेरा लेख पढेर स्थायी समितिकै बैठकमा उल्लेख गरेको पनि मैले थाहा पाएको छु । तपाईँ लगायत अत्यन्त कम नेता बौद्धिक प्राज्ञिक तथा लेखकीय कर्म गर्ने म जस्ता मनुवालाई प्रोत्साहित र प्रशंसित गर्नु हुन्छ । यसका लागि तपाईलाई सलाम नै गर्छु । तर यो लेखक आफूले पाए सबैले पाए, आफूले खाए सबै अघाए भन्ने स्वभावको भएन । किनभने धेरै जसो नेताहरु नेता र कार्यकर्ता बुद्धिजीवी तथा स्रष्टालाई पटक्क प्रोत्साहित गर्दैनन् । राष्ट्रिय जन सांस्कृतिक महासंघ लगायत संस्था, सर्जक र सिर्जना अन्य मोर्चा संगठनका तुलनामा कहाँकहाँबाट के कति अपहेलित छन् । यसको राम्रै लेखा जोखा यस लेखलाई थाहा छ । पार्टी स्थायी समितिका कला साहित्य र संस्कृति क्षेत्रका आदरणीय नेतालाई यस सम्बन्धी ज्ञान नहुने नेताले के कस्तो व्यवहार गर्छन् त्यो पनि बुझ्नेले आँ गर्दा अलङ्कार बुझ्छ ।

पार्टी र मोर्चा संगठनमा आपसी अन्तविरोध व्याप्त छ यस्ता अन्तविरोध एक मुस्कान, मिजासले र मिलनसारिताले हल हुन्छ तर यो कुरा नेता नै आफू जान्दैन भनेको मान्दैन । रावल कमरेड तपाईँ धेरै उम्लिनु भएको देखिन्छ । अति गरेपछि खति हुन्छ । भाँडो नै रित्तिने गरी उम्लिनु हुँदैन । यो लेखक अलि वर्ष अघिदेखि यो पार्टीका भाइरस हटाउने काममा लागेको छ ।

यस लेखकलाई स्वाधीन, स्वतन्त्र र अखण्ड देश चाहिएको छ । यसका लागि एमाले मात्र उदाहरणीय रुपमा देखा परेको छ । यस लेखकलाई केही चाहिएन सबल र सुदृढ एमाले तथा राष्ट्रभक्त एमाले चाहिएको छ । रावल कमरेड तपाईंले धेरै अवसर पाइसक्नु भयो । देशका लागि ज्यान गुमाउने र तिनका परिवार र कैयौँ त्यागी नेता र कार्यकर्ताले अझै केही पाएका छैनन् । अनि तपाईँ किन यत्ति साह्रो असंयमित र असन्तुलित कुरा गर्नु हुन्छ ? आफैँलाई चरी नाङ्गै हुने गरी किन नङ्ग्याउनु हुन्छ । किन विरोधी र वैरी झैँ आफ्नै पार्टीविरुद्ध लगातार मिडियाबाजी गर्नु हुन्छ र शत्रु हँसाउनु हुन्छ ? यो त सरासर एमाले विरोधीलाई पूरापूर सहयोग गर्ने कुरा हो ।

के.पी. शर्मा ओली बह्ुआयामिक अत्यन्त प्रभावशाली नेता हुनुहुन्छ । मानवीय कमजोरी भए पनि फाली चोर र घरफोरसित ओलीकोृ तुलना किमार्थ सही हुँदैन ।,ओलीको अठोट र अडानले नेपालको संविधान जारी भयो । संविधान जारी नभएको भए मुलुकको के अवस्था हुन्थ्यो सोच्नु भएको छ ? अपन अगनियाँ मे हो गइल परदेशिया भन्दै तराई मधेका गाउँ गाउँमा एमाले विरोधी आगो बालिएको थियो । त्यस्तो अवस्थालाई शान्त बनाउन र मधेसमा लगाएको आतंक र आगो ओली नेतृत्वमा निभाउन सकिएको तपाईँलाई थाहा हुनु पर्ने हो । भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने पार्टीहरु थिए तर यसका विरुद्ध ओलीको चट्टानी अडान सामान्य विषय हो ? सिके राउत, माओवादी विप्लव, आफूखुसी परिवर्तित भएका हुन् ? संसद्मा विभिन्न जाति समुदायका विखण्डनकारी ककस कसले हटायो त्यो पनि यस लेखकले रावलाई बताइरहनु पर्छ र ? ओलीलाई साधारण सदस्यबाट निष्काशन गर्ने दाहाल नेपाल ओलीले पार्टी फुटाएको जाली कुरा गर्दैछन् ।

यस्तै खालका गतिविधिबाट नेपालको स्वाधीनता र सार्वभौसत्ता गठबन्धन सरकारबाट सुरक्षित हुनसक्छ ? जनयुद्धका बेला प्रचण्डले हामी भारतको हित विरुद्ध कुनै काम गर्र्दैनौ भनेर तमसुक गरेझैँ अहिले यो गठबन्धन सरकार सुविचारित रुपमा देशकै विरुद्ध लागि परेको देखिन्छ । यति खेर देश बचाउने काममा लाग्ने कि केवल सिद्धान्तको लेपन मात्र लगाएर बस्ने ? ओलीले एक प्रसंगमा भनेझैँ तीन करोड नेपालीको जनअदालत गठन गर्नु पर्ने अवस्था आउँन सक्छ । ओलीको संकेतात्मक र बिम्बात्मक भाष नबुझेर कति एमाले हैरान छन् । देशको शान्ति सुरक्षा गर्ने जिम्मा लिएको सरकार आफैँ २४ लाख कोरोना खोप हरायो भन्छ तर चोरको खोजी गर्दैन र चोर को हो पनि भन्दैन । कुरा सजिलो छ आफैँ चोर्ने अनि चोरचोर भनेर आफैँ चोर खोज्न दगुर्ने ? चोरचोरको तालमेल वा गठबन्धन हुन्छ सज्जनहरुको गठबन्धन हुँदा रावललाई के आपत्ति ?

रावल कमरेड, नेपाल अहिले संगीन अवस्थामा छ र यसका सङ्केतहरु अलि मसिनो रुपमा हेर्दा स्पष्ट हुन्छ त्यसमा पनि पराष्ट्र लगायत देशको संवेदनशील मन्त्रालयहरु सम्हालेका भीम रावल पार्टीले गरेको चुनावी तालमेल बारे सर्वथा अनुचित अतार्किक र अतथ्य विचार प्रवाह गरिरहनु भएको छ । सत्य तथ्यलाई केही दिन बङ्ग्याउन सकिएला तर केही दिनपछि बाङ्गा र अडबाङ्गा कुराहरु बर्खे पानीका फोकाझैँ फुट्छन् र फुटेका पनि छन् । आफू पार्टीगत जिम्मेदारी केही नलिने मलाई त्यही केटी चाहिन्छ
नत्र बिहे गर्दिन जस्तो बालहठले केही हुँदैन कमरेड । राम्र्रो हुन र देखिन राम्रो काम पनि गर्नुपर्छ ।

ओली सरकारलाई असंवैधानिक तरिकाले अपदस्थ गरेको घटनालाई रावल कामरेडले समान्य रुपामा लिएको हो । दुनियाँमा कहीँ नभएको संसदीय मूल्य मान्यता विपरीत परामादेशबाट निश्चित मिति तोकेर प्रधानमन्त्री भएको रावलले कहीँ देख्नु भएको छ ? । के यो घटना सामान्य विषय हो । न्यायालयलाई गैरन्यायिक काम गर्न गराउन बाह्य शक्तिको दवाव र प्रभाव परेको धाम जत्तिकै छर्लङ्ग छैन र ? सर्वाेच्च अदालतले परमादेशबाट सपथ ग्रहण गराउन तिथि र मितिसमेत किटेर देउपालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश किन गरियो ? के यो अतिसामान्य विषय हो र ? यो भनेको नरम खालको युद्धको उद्घोष हो । त्यो देशको शान्ति,समृद्धि र स्थायित्वका विरुद्ध । यस्ता द्धटनाहरु ओली नेतृत्वको एमाले विरुद्ध सुरु गरिएको एक खालको युद्धको पूर्वाभ्यास हो । निर्वाचनमार्फत् सरकारमा पुगेको हुँदा अन्य हतियार प्रयोग गर्न मिलेन नत्र …। रावल कमरेड यस बारेमा केही भन्नुछ ? सामान्य विवेक पनि हरायो भने मानिस मानिस रहँदैन ।

एमालेले कारबाही गरेका १४ जना सांसद्माथि मात्रै किन कार्यबाही गरिन्न ? यो जस्तो गैरसंसदीय तथा लज्जाजनक विषयमा रावल किन चुइक्क नबोल्या हो ? टनकपुरमा काङ्ग्रेसले गरेको राष्ट्रघात सच्याउँदा महाकाली सन्धी गर्नु परेको होइन र ? फाटेको ठाउँमा टालटुल वा रप्फू गर्नु परेको होइन महाकाली सन्धी ? एमसीसीमा पनि फेरि काङ्ग्रेसी सरकारले हेर्दै नहेरी हस्ताक्षर गर्दा यसमा गम्भीर समस्या र विवाद आएको होइन ? तर यसमा रप्फू गनेृ ठाउँ थिएन । यसलाई पास नगर्दा अन्तराष्ट्रिय विश्वसनीयता पनि गुम्ने अनि अमेरिकाकै पकड र प्रभावमा रहेका मुल्ुकहरु र दातृ संस्थाहरु प्रतिकूल हुँदा देशको आर्थिक अवस्था कस्तो हुने भन्ने पनि सोच्नु पर्ने होला । विप्लव पार्टीलाई शक्ति सञ्चय गर्नु छ तत्कालै सरकारमा पुग्ने अवस्था छैन जे जे भने पनि हुन्छ । । भोलि नै सरकामा पुग्ने र जाने अवस्थामा सन्तुलित हुनुपर्छ । आफू सबल नहुन्जेल धेरै बोल्न पनि मिलेन क्यार । एमसीसीमा एक महिनाको समय दिएर रद्द गर्न सक्ने प्रावधान राखिएको छ । तर देश एकढिक्का हुनुपर्छ सकिन्छ त्यसैले अमेरिकाले एक नेपाललाई दुई नेपाल बनाउन लागिपरको छ । फुटाउ र शासन गर अन्तर्गत । त्यसैले रावल कमरेड एमाले पार्टी र ओली नेतृत्वको सरकारका तमाम देश र जनहितका कामहरु पटक्क चर्चा नगरी तपाईँ त आकाशतिर फर्केर किन खकार्नु हुन्छ किन ?