२० बैशाख २०८१, बिहीबार 1714652738
Banner

सिन्धुपाल्चोक बस दुर्घटना:  मृतक तीन जनाको सनाखत 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना हुँदा  तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले दिनुभयो  ।