१४ बैशाख २०८१, शुक्रबार 1714181900
समाचार

निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटायो

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले ७५३ स्थानीय तहमध्ये ६७६ तहमा निर्वाचन अधिकृत समेत खटाएको छ । सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्तिपत्र दिइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यही वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्ने र अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले निर्वाचन सम्बन्धी काम गर्ने आयोगले जनाएको छ ।

आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकिएको जनाएको छ ।