१३ बैशाख २०८१, बिहीबार 1714109015
Banner

एमाले अध्यक्ष ओलीलाई हुम्लामा स्वागत (तस्विरहरु)

हुम्ला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुम्ला पुग्नुभएको छ । नेकपा एमाले हुम्लाले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न र हुम्लाका विभिन्न क्षेत्रको अवलोकन गर्न अध्यक्ष ओली आइतबार बिहान हुम्ला पुग्नुभएको हो । उहाँलाई हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार, एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य दल रावल लगायतले स्वागत गर्नुभएको छ ।

अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने बृहत् जनसभालाई सम्बोधन गर्नुहुनेछ । अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने पार्टीको बृहत् सभालाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेकपा एमाले हुम्लाले जनाएको छ ।

त्यसअघि उहाँले नाम्खा गाउँपालिकाको लिमी भ्याली क्षेत्र र लिमीस्थित लोलुङजोङको हवाई क्षेत्रको अवलोकन गर्नुहुने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीले कैलाश मानसरोवर दर्शन गर्नुहुने पनि बताइएको छ ।