१९ बैशाख २०८१, बुधबार 1714544776
Banner

कोशीमा संकल्प प्रस्ताव टेवल : प्रस्ताव पास नहुँदै राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव

विराटनगर । नेकपा एमाले र माओवादीले कोशी प्रदेससभा सचिवालयामा पेस भएको संकल्प प्रस्ताव प्रदेशसभामा टेवल भएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा समक्ष पेश गर्नुभएकाे हाे  । उहाँले प्रदेशसभामा संकल्प प्रस्ताव पेश गर्दै संसदको सर्वोच्चता देखाउन संकल्प प्रस्ताव पेश भएको बताउनुभयाे । उहाँले संकल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसदको विशेष अधिकार हनन भए अदालत जस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने बताउनुभयाे।

उहाँले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रस्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताउनुभयाे । उहाँले असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको तर परिस्थितिले उहाँलाई समर्थन र विश्वासको मत दिन नसकेको बताउनुभयाे ।

एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको उहाँले बताउनुभयाे  । उहाँले भन्नुभयाे, ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन ,उहा अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन ।’

उहाँले मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको बताए ।