८ जेष्ठ २०८१, मंगलवार 1716335157
Banner

घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ।

बुधबार बिहान १ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि भोली बिहान १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले एक प्रेस विज्ञप्ति प्रकासित गरी जनाएको छ ।

यस्तै, हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमद्धारा प्रकासित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।