१९ बैशाख २०८१, बुधबार 1714586162
समाचार

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो ।

लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।