२५ बैशाख २०८१, मंगलवार 1715083842
Banner

आयरल्याण्ड ए विरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल ए र आयरल्याण्ड ए बीच आजदेखि एकदिवसीय सिरिज शुरू हुँदै छ । सिरिजको पहिलो खेल आज त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।

एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ । यसअघि सम्पन्न टी २–० सिरिज आयरल्याण्ड वल्भ्सले २–१ ले जितेको थियो ।

नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड एले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ दुवै खेलमा आयरल्याण्ड ए पराजित भएको थियो ।