१५ बैशाख २०८१, शनिबार 1714235689
Banner

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको छ ।

सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणका साथै र विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि अध्यक्ष दाहालले सो निर्देशन दिनुभएको हो । 

प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयका सम्बन्धमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५ (क) को उपनियम ३ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन सरकारलाई निर्देशन दिइएको हो ।