१६ बैशाख २०८१, आईतवार 1714343972
राजनीति

एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित

उदयपुर-नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित हुनुभएको छ। गएराती भएको निर्वाचनको अन्तिम परिणाम आउँदा राउत ३४४ मत प्राप्त् गरी निर्वाचित हुनुभएको हो।

राउतसँग प्रतिस्पर्धा गर्नुभएका निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गर्नुभएको छ। घिमिरेलाई राउतले ११४ मतको अन्तरले पराजीत गरी उदयपुर एमालेको नेतृत्व लिनुभएको हो।

यसैगरी उपाध्यक्षमा कालुमान लामा एक मतले विजयी हुनुभएको छ। लामाले १९२ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत प्राप्त गर्नुभएको छ। यसैगरी सचिवमा टेकबहादुर राउत विजयी हुनुभएको छ। राउतले १९१ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी महेश रोकाले १४० र शम्भु पौडेलले १८३ मत प्राप्त गर्नुभएको छ।

उपसचिव खुलातर्फ हेमबहादुर खडका निर्वाचित हुनुभएको छ। खडका १९४ मत प्राप्त गरी विजयी बन्दा अन्य उम्मेदवारहरु जीवनाथ दाहाल १०८, दुर्गानन्द चौधरी ५३, धर्मबहादुर तामाङ ४६ र मन्दिप राईले ९३ मत प्राप्त गर्नुभएको छ।

महिला उपसचिवमा गंगा राई २६० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी महेश्वरी राईले १४९ र गीता खडकाले १२५ मत प्राप्त गर्नुभएको छ। यसैगरी सदस्यहरुमा कुनै पालिकामा निर्वाचन र कुनै पालिकामा सर्वसम्मत भएको छ।