१५ बैशाख २०८१, शनिबार 1714239609
Banner

राष्ट्रियसभा उपाध्यक्षबाट उर्मिला अर्यालले दिईन राजिनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले राजीनामा पत्र बुझाएकी हुन् ।

उनी राष्ट्रियसभा उपाध्यक्षमा गत माघ २३ गते निर्विरोधि निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाट नारायण दाहाल निर्वाचित भएपछि उनले राजीनामा बुझाएकी हुन् ।