१६ बैशाख २०८१, आईतवार 1714327402
Banner

नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो

काठमाडौं । आयरल्यान्ड ‘ए’(वुल्भ्स) विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ। सोमबार त्रिवि मैदानमा आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो।

खेलमा नेपालका लागि सन्दीप जोराले ३६ रन, आसिफ शेखले १६, कुशल भुर्तेलले ३७ रन, दीपेन्द्रसिंह ऐरीले २० रन, गुलसन झाले ४ रनको योगदान गरे।

आयरल्यान्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रन बनाएको थियो। ललित राजवंशी, कुशल भुर्तेल र गुल्शन झाले २/२ विकेट, कुशल मल्ल र करण केसीले १/१ विकेट लिएका हुन्।

आयरल्यान्ड ‘ए’का लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ रन बनाए । उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। थोसम मेयस र लियाम म्याकार्थीले १६ रन र फिन हृयान्डले ११ रन बनाउँदा अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।

सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।