१५ बैशाख २०८१, शनिबार 1714277900
Banner

नेपाललाई आयरल्यान्ड ‘ए’ ले दियो १२२ रनको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमविरूद्धको पहिलो टी २० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स ए १२१ रनमा अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभर खेल्दै अलआउट भयो।

आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन बनाए। उनी कुशल भुर्तेलको बलमा क्याच भए । उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

टम मेयस र लियाम मकार्थीले १६–१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमै बोल्ड गरे।

यस्तै ललित राजवंशीले कोड कारमाइकललाई चौथो ओभरमा ८ रनमा एलबिडब्लूको धरापमा पारे। सातौँ ओभरको दोस्रो बलमा गुल्सन झाले मोर्गन टपिङ शून्यमा बोल्ड गरे। कप्तान निल रकलाई गुल्सनले नै नवौं ओभरको पहिलो बलमा ५ रनमा कुशल मल्लबाट क्याच गराए।

यस्तै १९औं ओभरको अन्तिम बलमा थोमस मायज १६ रनमा रनआउट भए। अन्तिम बलमा म्याथ्यु हमफ्री ६ रनमा रनआउट भए।

सस्तैमा समेट्ने क्रममा नेपालका लागि बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुईर दुई विकेट लिए । करण केसी र कुशल मल्लले एकरएक विकेट लिए ।

नेपालले आइसिसी टी २० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। भोलि आयरल्यान्डसँग दोस्रो टी २० खेलेपछि नेपाली टिम भारत जानेछ।