१६ बैशाख २०८१, आईतवार 1714300539
Banner

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट तीन जना मन्त्रीलाई समेटेर पुनःमन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

शनिबार पुनर्गठन गरिएको मन्त्रिपरिषदमा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गर्नुभएका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई शनिबारनै प्रदेश प्रमुख सुमित्रा भण्डारी भण्डारीले शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भयो ।

मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैसँगै राख्नुभएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत पाँच गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त हुनुभएको थियो ।