१७ बैशाख २०८१, सोमबार 1714418905
Banner

मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो । पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह रहेका छन् ।