२७ बैशाख २०८१, बिहीबार 1715258173
Banner

ट्रक सङै कर्णाली चिसापानी पुलमा आगलागी

काठमाडौं । कैलालीको चिसापानीमा ट्रकमा आगलागी भएको छ ।​

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको इलेक्ट्रोन सामग्री बोकेको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार आगलागीको कारण भने खुलेको छैन ।

आगलागी नियन्त्रणका लागि दमकलसहित प्रहरी टोली खटिएको छ ।

ट्रकमा लागेको आगोले कर्णाली पुलमा समेत असर परेको छ । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

थप विवरण आउन बाँकी छ ।