७ जेष्ठ २०८१, सोमबार 1716200987
Banner

लागुऔषध कारोबारीलाई गोली हानेर पक्राउ

काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । हलपुर नगरपालिका १२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११४ ग्राम ब्राउन सुगर बरामद भएको छ ।