२७ बैशाख २०८१, बिहीबार 1715277800
Banner

भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु

कैलाली । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिप्रका दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो ।

हिरासतमा रहेका महाकाली नगरपालिका १ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उनलाई लखेट्दै गरेका चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।

हतकडीसहित भागेका कुवरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।