८ जेष्ठ २०८१, मंगलवार 1716340083
Banner

तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । योसहित प्रदेश सरकारमा कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका हुन ।

कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भयो । सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे । सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् ।