३१ बैशाख २०८१, सोमबार 1715633909
Banner

एमाले सचिवालय बैठक जारी

काठमाडौँ– सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक जारी छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको एमालेले जनाएको छ ।  

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल भइरहेको छ ।