११ जेष्ठ २०८१, शुक्रबार 1716570636
Banner

मैले सदनमा बोल्ने सुनिश्चित्ता नभएसम्म अरु विकल्पमा छलफल हुँदैन् : रवि लामिछाने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेका विषय र कांग्रेसले उठाएको विषयमा संसद्मा बोल्ने सुनिश्चित् नभएसम्म अरु विकल्पमा छलफल नगर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सिंहदरबारको भेटवार्ता सकेर बाहिरिने क्रममा सिंहदरबारमा मिडियासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो अडान सुनाएका हुन् । उनले आफूमाथि आरोप लगाईएको अनि बोल्नको लागि निषेध गरिएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसजस्तो लोकतान्त्रिक र पूरानो दलले आरोप लगाएपछि बोल्नपनि नदिईएको गृहमन्त्री लामिछानेको भनाई छ ।