१५ बैशाख २०८१, शनिबार 1714281645
Banner

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

केन्द्रमा माओवादी एमालेसहितको नयाँ गठबन्धन बनेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले सरकारबाट माओवादीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।