२९ बैशाख २०८१, शनिबार 1715477207
Banner

नेदरल्याण्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा आज नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

नेपालले ८ विकेट गुमाएर १८४ रन बनाएको थियो। नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेख ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट हुँदा गुलसन झा ३४ रनमा पभेलिएन फर्किए । ११ बलमा ३ छक्काको मद्दतमा कुशल मल्लले २६ रन बनाए ।

करन के।सीले ९ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । आरिफ सेख शून्य रनमा आउट भए सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा नटआउट रहे ।