१७ बैशाख २०८१, सोमबार 1714400945
Banner

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

रूपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको सवा एक अर्ब हाराहारी रकम हिनामिना गरेको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलले बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यो सहकारीका अध्यक्ष गितेन्द्रबहादुर (जीबी) राई हुन् । उनी नै यो सहकारीको संस्थापक अध्यक्ष थिए ।

सोही सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड बढी रुपैयाँ ऋण लिएको छ । संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबि) राई सम्पर्कविहीन छन्।