२ जेष्ठ २०८१, बुधबार 1715829772
Banner

नेदरल्याण्ड्सविरुद्ध नेपालले लियो दोस्रो विकेट

काठमाडौँ– आईसीसी लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्विरुद्ध दोस्रो विकेट लिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस लितेर पहिलो बलिङ गरेको नेपालले नेदरल्याण्ड्सका म्याक्स ओ डड र ओपनर मिचेइल लेभिट आउट गरेको छ ।

खेलको ५ ओभर ६ बलमा डड लाई भीम सार्कीले क्याच आउट गरेका हुन् । उनले २१ बल खेलेर १० रन बनाएका थिए। यस्तै, नेपालका सोमपाल कामीले नेदरल्याण्ड्सका ओपनर मिचेइललाई पहिलो ओभरमै शून्य रनमा क्याच आउट गरे । १३ ओभरको खेल सकिँदा नेदरल्याण्ड्स २ विकेटको क्षतिमा ४१ रन बनाएर खेलिरहेको छ।