३० बैशाख २०८१, आईतवार 1715552346
पालिका

सूर्यविनायकको नगरसभामा ५ विधयेक र १ नियामवली पारित

भक्तपुर -सूर्यविनायक नगरसभाको १५ औं अधिवेशन सकिएको छ । नगरपालिका प्रमुख बासुदेव थापाको अध्यक्षतामा हिजो बसेको बैठकले विभिन्न विषयगत समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन, ५ विधेयक र १ वटा नियमावली सर्वसम्मत रुपमा पारित गरेको हो ।


अधिवेशनमा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले न्यायीक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विषयगत समितिका संयोजकहरुले आआफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नगरसभामा प्रवक्ता रविन्द्र सापकोटाले सामाजिक विकास समितिको प्रतिवेदन, सानुकाजी कायस्थले सार्वजनीक सेवा, सुशासन तथा क्षमता विकास समितिको प्रतिवेदन, पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, शिवराम राउतले पूर्वाधार विकासको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


त्यस्तै, प्रदीप कार्कीले विधायन समितिको प्रतिवेदन, भगवान खत्रीले वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन, राजकुमार जोशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।नगरसभामा प्रस्तुत प्रतिवेदनउपर ब्यापक छलफलपश्चात नगर सभा अध्यक्ष तथा नगर प्रमुख बासुदेव थापाले निणयार्थ पेश गर्नु भएको प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएको छ ।
त्यस्तैगरि, नगरसभाबाट आर्थिक ९प्रथम संशोधन० विधेयक २०८०, नगर खेलकूद ब्यवस्थापन विधेयक २०८०, सार्वजनीक निजी साझेदारी तथा लगानी विधेयक २०८० आारभूत स्वास्थ्य तथा सरसफाई ब्यवस्थापन विधेयक २०८० र विवाद निरुपण सम्बन्धी विधेयक २०८० गरि पाँच वटा विधेयक र एक वटा कार्यसञ्चालन नियमावली २०८० सर्वसम्मत रुपमा पारित भएको छ ।
नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचीत भएदेखि १५ औं अधिवेशनसम्म आइपुग्दा कार्यपालिका बैठक देखि हरेक नगर अविधेशनसम्म सर्वसम्मत पारित हुँदै आएको छ ।


नगरसभामा नगरसभा सदस्यहरुसहित सदस्य सचिव तथा प्रमुख प्रसाशकीय अधिकृत तारानाथ लुइँटेल, विभिन्न शाखाका प्रमुखहरु तथा वडा सचिवहरुको सहभागिता थियो ।