१४ बैशाख २०८१, शुक्रबार 1714172872
Banner

कम्युनिष्टको खोल ओढेर काँग्रेसका पछि लाग्नेहरुले जनता ढाट्दै छन् : अध्यक्ष ओली

बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको खोल ओढेर काँग्रेसका पछि लाग्नेहरुले समाजवाद ल्याउँछौ भन्दै जनता ढाँटिरहेको बताउनुभएको छ । आज बझाङको सदरमुकाम चैनपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले यस्ता जालीकुरा गर्नेका पछि नलाग्न सर्वसाधरणलाई आग्रह गर्नुभएको हो ।।

अध्यक्ष ओलीले भन्नुभयो, वर्तमान सरकारले निर्वाचन रोक्ने षडयन्त्र गरेको छ, अहिले पनि संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत नक्कली कानुन ल्याएर निर्वाचन रोक्न खोजिरहेको छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर जति पटक प्रधानमन्त्री भए त्यतिपटक प्रतिगमन गरेको भन्दै यो पटक पनि प्रतिगमन गर्ने प्रयास भइरहेको बताउनुभयो । एमालेले चाहे वर्तमान सरकारको जरा ७ दिनमै उखेल्न सक्ने बताउनुहुँदै अध्यक्ष ओलीले एमालेले अहिले चुनाव चाहेकोले सरकारलाई केही नगर्ने बताउनुभयो ।

पाँच दलीय गठबन्धनलाई विकास विरोधीहरूको जमात भन्दै अध्यक्ष ओलीले ५ वडा बाख्रा जम्मा गरेपनि एउटा भैँसी बराबर नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेलाई अब कसैले नसक्ने भन्दै कोही कसैलाई जोगिनु छ भने स्थानीय तहमै एमालेसँग सहकार्य गर्न सुझाव दिनुभयो । अध्यक्ष ओलीले माओवादी केन्द्र अब पार्टी नरहने भन्दै केन्द्र मात्र रहने बताउनुभयो । ‘माओवादी केन्द्र अब पार्टी हैन्, कार्यकर्ता जतिले छोडेको केन्द्रमात्र बाँकि रहन्छ । भाडोभित्र केही रहदैन विर्कोमात्रै लाग्छ । ’अध्यक्ष ओलीको भनाई थियो ।