१४ बैशाख २०८१, शुक्रबार 1714195912
राजनीति

एमालेबाट इटहरी मेयरको उम्मेदवारमा द्वारिकलालसहित ६ जना सिफारिस

इटहरी – इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले ६ जनाको नाम सिफारिस गरेको छ। आज बसेको एमाले नगर कमिटी सचिवालय बैठकले बहालवाला मेयर द्वारिकलाल चौधरीसहित ६ जनाको नाम सिफारिस गरेको हो।

मेयरको आकांक्षीमा बहालवाला मेयर चौधरीसहित उपमेयर लक्ष्मी गौतमले दावी गर्नु भएको छ । त्यसैगरि एमाले उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईंले दावी गर्नु भएको छ ।

यस्तै, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस भएको छ।

यता उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ। अम्बिका चौधरी, बिष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ।