१५ बैशाख २०८१, शनिबार 1714231421
Banner

पाँच दलीय संयन्त्रको बैठक : स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने, भोली पुन बैठक बस्ने

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा सोमबार बिहान ९ बजे थप छलफल गर्नेगरी आइतबारको बैठक सम्पन्न भएको उहाँको भनाइ छ । बैठकमा गठबन्धनका दलले तयार पार्ने घोषणापत्रको विषयमासमेत छलफल भएको छ। भोलि गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने पनि जनाइएको छ ।