१९ बैशाख २०८१, बुधबार 1714562901
Banner

एमालेले दुईदिनमा ११ किलोमिटर सडक कालोपत्रे गर्दथ्यो,गठबन्धनले वर्षमा १० किलोमिटर

लमजुङ जिल्लाका विकास आवश्यकताहरु, जनताले भोगिरहेका कठिनाइहरु, समस्याहरु र ती समस्याहरु समाधान गर्न कहाँ कहाँ के के गर्नु पर्छ भनेर धेरै वटा बुदाँमा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राखिसक्नु भएको छ । त्यसमा हाम्रो ध्यानकर्षण भइसकेको छ र त्यसमा मैले धेरै समय लिइरहनु पर्छ जस्तो लाग्दैन । उहाँले उठाउनु भएका समस्याहरु, यहाँ हामी आउँदा आउँदै विभिन्न पालिकाले उठाउनु भएका समस्याहरुमा हाम्रो ध्यान गएको छ । हामी अस्तिकै दिन गण्डकी प्रदेश प्रवेश गरेका हौ । अझै भोलि पनि हामी गण्डकी प्रदेशमा रहन्छौ । गण्डकी प्रदेशकै समग्र समस्या ती पनि हामीलाई थाहा भइसकेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा नेकपा एमाले सरकारबाट बाहिरिएपछि गएको अढाइ वर्षमा नेपाल नराम्ररी ओरालो लाग्यो । राजनीति बिग्रियो, अस्थिरता, अन्योल, असन्तुष्टि, अराजकता र विभिन्न प्रकारका फाटोवाजी अस्थिरतावादी, प्रतिक्रियावादी शक्तिहरु सल्बलाउनेसम्मको स्थिति बन्यो । राजनीति ओरालो लाग्यो । देशको अर्थतन्त्र त्यसैगरी ओरालो लाग्यो । विकास निर्माणका कामहरु ठप्प भए । अहिले भर्खरै पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नु भएको मागपत्रमा यहीं कुरा उल्लेख छ । बाटाहरु भत्किए । मैले धेरै ठाउँमा देखेँ । नेकपा एमालेको समयमा बनाइसकेका बाटाहरु यो अढाइ वर्षमा भत्किएका छन् । त्यसलाई कसैले मर्मतसंभार गरेका छैनन् । बनाउँदै गरेका बाटाहरु बनाउने क्रम ठप्प रोकियो । जनताले दुःख भोगेका छन्, असुविधा भोगेका छन् । यहाँको जनजीवन कष्टकर भएको छ, यहाँको कृषि, व्यापार, पर्यटन जस्ता सबै कुरामा प्रतिकुल असर पारेको छ–पूर्वाधारको विकासमा भएको व्यवधानले । बाटो नभएपछि, बिजुली नभएपछि, सञ्चार सम्पर्क नभएपछि देश अगाडि बढ्न सक्दैन, कसरी अगाडि बढ्ने ? तसर्थ यो अढाइ वर्ष वास्तवमा देशलाई बर्बादीतिर धकेल्ने वर्षहरु भए । किन यस्तो भयो ? यसले के बताउँछ ? यसको अर्थ हो–नेकपा एमाले बाहेक,जतिवटा पार्टी मिले पनि राजनीतिलाई स्थिर बनाउने काम,लोकतन्त्रलाई बलियो बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने काम, विकास निर्माणलाई अगाडि बढाउने काम, अर्थतन्त्रलाई अगाडि बढाउने काम, समाजलाई एकताबद्ध बनाउने काम, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेक अरुले त गर्न सक्दैन र गर्न सकेन ।

हामीले कोभिडको समयमा त्यसको पनि सफतापूर्वक सामना ग¥यौ । भूकम्पको पनि सामना ग¥यौ । भूकम्पले भत्काएका ९ लाख घर साढे ८ लाखभन्दा बढी घर हामीले पुनःनिर्माण गरेर पीडितलाई हस्तान्तरण ग¥यौ । भूकम्प जाने बित्तिकै पनि हाम्रो पार्टीले २८/२९ हजारभन्दा बढी अस्थायी घर निर्माण गरेर पीडितहरुलाई हस्तान्तरण गरेको थियो । आवासको प्रबन्ध गरेको थियो । १३ सय विद्यालयहरु, स्वास्थ्य चौकी र अरु संस्थाहरु, सरकारी भवनहरु अस्थायी रुपमा निर्माण गरेर हस्तान्तरण गरेको थियो । त्यो क्षमता नेकपा एमालेले देखाएको थियो । त्यो काम पूरा हुन पाएको थिएन, लगभग कोभिड लागेर देश नै आक्रान्त भयो । त्यस्तो अवस्थामा नेकपा एमालेले फेरि पनि विकास निर्माणको लहर अगाडि बढाएको थियो । ७ प्रतिशतभन्दा बढी उत्पादन वृद्धिदर पु¥याएको थियो । एमालेको सरकार बन्नुभन्दा अगाडि वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो भने एमाले साढे पाँच किलोमिटरभन्दा बढी एकै दिनमा निर्माण ग¥यो । अरुले एक वर्षमा गरेको काम एमालेले दुई दिनमा गर्दथ्यो । एमालेले दुई दिनमा ११ किलोमिटरभन्दा बढी बाटो तयार ग¥यो, अरुले वर्षमा १० किलोमिटर । अहिले त त्यो १० किलोमिटर पनि के होला भन्ने अवस्था छ । कहीं पनि विकास निर्माण छैन । विकास निर्माण नभएपछि व्यापार, कारोवार छैन । निर्माणकर्ताहरुले गरेका कामको भुक्तानी नपाएपछि बैंकको ऋण तिर्न नसकेपछि उनीहरु आफैं संकटमा पर्ने, निर्माण व्यवसायको संकटले गर्दा हार्डवेयर व्यवसाय त्यसले गर्दा विभिन्न प्रकारका उत्पादनहरुमा प्रतिकुल असर पर्ने भयो । रोजगारीका अवसरहरु गुम्ने भए । त्यस प्रकारको स्थिति हामीले देख्यौ । तसर्थ स्पस्ट छ–राष्ट्रियताको सवाल होस्, शान्ति सुव्यवस्थाको सवाल होस्, सुशासनको सवाल होस्, विकासको सवाल होस्, सामाजिक सुरक्षा लगायतका सामाजिक जीवनमा आइपर्ने अनेक समस्याहरुलाई सही ढंगले समाधान गर्ने सम्बन्धमा जे कुराहरु नेकपा एमालेले अगाडि बढाएको थियो, ती अवरुद्ध हुँदै गए, ठप्प हुँदै गए अर्थात् एमालेले सुरु गरेको कामसमेत अरुले अगाडि बढाउन सक्दो रहेनछ । तसर्थ, अब यही रफ्तारमा देशलाई ओरालो लागिरहन दिनु हुँदैन । त्यसका निम्ति हामी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ सिक्किमसम्म सीमा जोडिएको ठाउँसम्म मध्यपहाडी पुष्पलाल राजमार्ग यात्रा गरिरहेका छौ । एक ढंगले बनिसकेको दुई वटा पुल बाहेक त्यो राजमार्ग अहिले अलपत्र परेको छ, भत्किएको छ, उप्किएको छ । पहिरो गएका ठाउँमा निर्माण भएको छैन, कतिपय ठाउँमा बल्लबल्ल गाडी छिर्ने बनाएको छ । अत्यन्तै जोखिमपूर्ण यात्रा गर्नु पर्ने अवस्था छ । गाडी हल्लिएर यति ठूलो समस्या हुन्छ कि एक दुई दिन त्यस बाटोबाट हिँड्दा मान्छे बिरामी बनाउँछ । त्यस्तो खालको अवस्था छ । यो अवस्था भएको हुनाले यसबाट कसरी पार पाउने ? देशभरीका दाजुभाइ दिदीबहिनीहरुसँग भेटेर, उहाँहरुका सुझाव लिएर के कस्ता सुझावहरु, केकस्ता सल्लाहरु आउँछन् ? हामी त्यसकारण बुद्धिजीवीहरु, डाक्टरहरु, प्राध्यापकहरु, वकिलहरु, पत्रकारहरु, मजदुरहरु, किसानहरु, विद्यार्थीहरु, शिक्षकहरु सबैसँग परामर्श गरिराखेका छौ ।

व्यापारीहरुसँग, उद्यमीहरुसँग सम्पर्क सम्बन्ध गरिराखेका छौं । तसर्थ यो यात्रा समृद्धिका लागि संकल्प यात्रा हो । हामीले एउटा परिकल्पना गरेका छौं– समृद्ध नेपाल सुखी नेपाली । त्यसलाई ध्वस्त पार्नका लागि केही तत्वहरु यतिबेला लागिरहेका छन् । त्यसलाई छिट्टै रोक्न र फेरि देशलाई विकासको गतिमा अगाडि बढाउन नेकपा एमाले कृतसंकल्पित छ । त्यही सन्देश जनतामा पु¥याउन, जनताका कुरा सुन्न, जनताको अवस्था देख्न, जनताका समस्याहरु बुझ्न हामी हिंडेका हौ । हामीले जाजरकोट, पश्चिम रुकुमहरुमा गएको भूकम्पबाट भएको क्षति हे¥यौ । हाम्रा स्वयंसेवकहरुले गरेका काम हे¥यौ । उहाँहरुलाई मैले धन्यवाद दिएको छु र फेरि पनि धन्यवाद भन्न चाहन्छु । हाम्रा स्वेयमसेवकहरुले अत्यन्त राम्रो काम गर्नु भएको छ । खाली अस्थायी घरहरु मात्रै होइन, स्थायी नै घरहरु बनाएर गरिबहरुलाई, पीडितहरुलाई हस्तान्तरण गर्नु भएको छ । थुप्रै काम त्यहाँ गर्नु भएको छ । त्यसको फेहरिस्ततिर म नजाऔं । अब हामीले गाउँघरमा निर्वाहमुखी कृषि वा व्यवसाय मात्रै होइन, सबै कृषि वा अन्य व्यवसाय पनि विकासमुखी, नयाँ आधुनिकतातर्फ उन्मुख, नयाँ प्रविधिको प्रयोग गरेर त्यसरी अगाडि बढाउनु पर्ने आवश्यकता छ । हामीसँग खेतहरु बाँझै छन्, तिनमा सिंचाइ पु¥याउनु पर्नेछ । अझै पनि हामीले भनेका जस्ता बाटा हुन सकेका छैनन् । बाटाहरुलाई छोटा बनाउनका लागि पहाडबाट पारिपट्टी जानु छ भने सुरुङको बाटो सिधै खोल्दा सुरुङको बाटो १० किलोमिटर, २० किलोमिटर छिटो जानु पर्ने ठाउँमा एक वा डेढ किलोमिटरमा पुगिन्छ । दुई किलोमिटरमा प्रशस्त पुगिन्छ । २५ किलोमिटर हिँड्नु पर्दैन । त्योसँग अरु लिंकरोडहरु जोडे हुन्छ । त्यस ढंगले हामीले सुरु गरेका हौ । जुन एउटा सुरुङ हामीले सुृरु ग¥यौं, त्यही तयार हुँदैछ । अरु त्यस दिशामा सरकारले सोच्न सकेको छैन । तसर्थ हामी एउटा कसरी नयाँ ढंगले नेपाललाई अगाडि बढाउने त्यस विषयमा सोचिरहेका छौं । त्यही सोचलाई अगाडि बढाउने क्रममा यो यात्रा, अभियान गरिरहेका छौ ।
म लमजुङ निवासी दाजुभाइ दिदीबहिनीहरुलाई भन्न चाहन्छु–हामी यस यात्रामा आउँदा जनतामा जुन उत्साह, एमालेप्रतिको आशा, विश्वास र भरोसा जुन देख्यौं । त्यसबाट हामी एकदमै उत्साहित भएका छौं । हामीलाई झुलाघाटको प्रारम्भ गर्नु अघिदेखि नै दाजुभाइहरुले अत्यन्तै आदर र स्नेहका साथ स्वागत गर्नु भयो । बाटोमा अहिलेसम्म हामी जहाँ जहाँ पुग्यौं, त्यहाँ ससाना बालबालिकाहरुदेखि ज्येष्ठ नागरिकहरुसम्म सबैले अत्यन्तै उत्साहका साथ, खुशीका साथ हाम्रो यात्रालाई स्वागत, सम्मान गर्नु भयो र हाम्रो यात्राको सफलताको शुभकामना गर्नुभयो । त्यसैगरी हामी लमजुङ प्रवेश गर्ने बित्तिकै कास्कीले हस्तान्तरण ग¥यो, कास्कीले धुमधामसँग स्वागत ग¥यो, धुमधामसँग विदाइ ग¥यो । लमजुङले प्रवेश गर्दा धुमधामसँग स्वागत गरेको छ । अहिले हामी यहाँसम्म आइपुग्दा अत्यन्तै राम्रो स्वागत पाएका छौं, अत्यन्तै विश्वास पाएका छौ । तसर्थ म साथीहरु, दाजुभाइ दिदीबहिनीहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । अब हामी गोरखा पुग्नु पर्नेछ । यहाँहरुको उत्साह देखेर हाम्रो आफ्नै आत्मविश्वास र मनोबल पनि बढेको छ । हामी सबैले उच्च मनोबल र एकताका साथ अगाडि बढ्नु पर्दछ, मिसन ०८४ लाई हामीले साकार पार्नु पर्दछ । यी सबै कुराको व्याख्या लिएर हाम्रा कमरेडहरु, नेताहरु, कार्यकर्ता साथीहरु पार्टीका जनवर्गीय संगठनका सबै साथीहरु तपाईंहरुको घरघरमा आउने छन् । बीचमा एक दुईवटा साना कार्यक्रम पनि गर्दै जानु पर्नेछ । तसर्थ म यहाँहरु सबैमा सुस्वास्थ्य, सुख समृद्धि सफलताका निम्ति धेरै धेरै शुभकामना भन्दै आफ्नो भनाइ टुंग्याउँछु । यस आयोजनका निम्ति आयोजकलाई धन्यवाद भन्न चाहन्छु । धन्यवाद !

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी यात्राका क्रममा लम्जुङको सुन्दर बजारमा आयोजित आमसभामा व्यक्त गरेका बिचारको सम्पादित अंश)