८ जेष्ठ २०८१, मंगलवार 1716303405
Banner

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

घाइते रमेश पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए ।