२७ बैशाख २०८१, बिहीबार 1715235775
Banner

श्रोत नखुलेको सातलाख रकमसहित युवक पक्राउ

काठमाडौं । पश्चिम नवलपरासी-पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट प्रहरीले स्रोत नखुलेको सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । रामग्राम(५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँसहित पाल्हीनन्दन गाँउपालिका वडा नम्बर २ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको हो ।

धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनको साथबाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी सात लाख ९ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।