२८ बैशाख २०८१, शुक्रबार 1715377615
Banner

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा आमाछोरा पक्राउ

काठमाडौं । अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई पक्राउ गरेको हो। 

विशाल र शान्ति आमाछाेरा हुन् । विशाल र शान्तिले रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै चन्द्रबहादुर रावलसँग १५ लाख ठगी गरेका थिए।

उनीहरूले मासिक ३ लाख तलब हुने भन्दै प्रतिव्यक्ति ४० लाग माग गरेका थिए। श्रेष्ठद्वय पैसा ठगेर सम्पर्कविही बनेकाथिए। उनीहरुलाई थप अनुस्नधा गर्ने काम भएरहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।