५ जेष्ठ २०८१, शनिबार 1716083271
Banner

ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइल प्रवेश

काठमाडौं । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइल प्रवेश गरेको छ । बागमतीले शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली १७ ओभर ३ बलमा ९९ रनमै समेटियो । खेलमा बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

कर्णालीलाई सस्तोमै समेट्न ३ ओभर ३ बल बलिङ गर्दै कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिएका थिए ।
प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले समान १ विकेट झारे ।

कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले २०, अर्जुन घर्ती २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रनको योगदान दिनुभयो । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो ।

बागमतीका लागि ओपनर रित गौतम र इशान पाण्डेले अर्धशतक प्रहार गरेका थिए । रितले सर्वाधिक ८२ रन र इशान पाण्डेले ७० रन बनाउनुभएको थियो । बागमतीका इशान प्लेयर अफ दि म्याच घोषित हुनुभयो । रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गर्नुभयो । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए ।