६ जेष्ठ २०८१, आईतवार 1716100425
समाचार

बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

काठमाडौं । बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

मकवानपुर पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवन राप्ती नगरपालिका–१ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो ।

शुक्रबार बिहान उनी करिब सवा १० बजे राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र दोभानमा खर काट्न गएका थिए । बाघको आक्रमणबाट मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।