२३ बैशाख २०८१, आईतवार 1714948284
Banner

पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध उजुरी आह्वान गरिएको हो । समितिले १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।

यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ ।

आजकै बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।