५ जेष्ठ २०८१, शनिबार 1716078977
राजनीति

प्रशासनले तीनकुनेमा आन्दोलन गर्न दिन्छु भनेर अन्तिममा दिएन : प्रसाई

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले पूर्वअनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।

भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले यस्तो आरोप लगाएका हुन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको उनको आरोप छ ।
‘म लहानमा हुदा काठमाडौंको सिडयो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनु भयो, भोली देखी तीनकुनेमा गर्छौ भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईले भने ।