७ जेष्ठ २०८१, सोमबार 1716247252
खेलकुद

मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौं । पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी नेपाल आउने भएका छन् ।

नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा हुने प्रतियोगितामा सहभागिताका लागि उनीहरु विमान चार्डडमार्फत् उनीहरु नेपाल आउन लागेका हुन् स
प्रतियोगिता यही यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।

उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।