२६ बैशाख २०८१, बुधबार 1715169153
Banner

गुल्मीको हुग्दी खोला किनारामा किशोरीको शव फेला

काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी कार्यालयका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

मनीषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् ।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी नवीन किशोर प्रधानसहितको टोली घटनास्थल प्रस्थान गरेको छ । अनुसन्धान टोली पुगेपछि मात्रै घटनाको विस्तृत विवरण आउने डिएसपी पाण्डेले बताए ।