२९ बैशाख २०८१, शनिबार 1715472525
Banner

नेपालद्वारा हङकङलाई २१४ रनको लक्ष्य

काठमाडौं :  त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले हङकङलाई २१४ लक्ष्य दिएको छ।

सुरुवाती खेलमा खराब प्रदर्शन गरेको नेपालको पारी दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले सम्हाल्दै विशाल लक्ष्य दिएका हुन्।

नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए। कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए। यस्तै सन्दीप जोरा र गुलशन झाले एक एक रन बनाए।  

नेपालले ६ विकेट गुमाउँदा २१३ रन बनाएको हो।