२९ बैशाख २०८१, शनिबार 1715454580
Banner

एसीसी यू–१९ प्रिमियर कप : नेपालले दियो साउदी अरेबियालाई ३४८ रनको लक्ष्य

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ ।

बिहीबार मलेसियामा जारी भएको समूहको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई सो रनको लक्ष्य दिएको हो ।

युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।

नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ ।

समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ ।समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ ।