२९ बैशाख २०८१, शनिबार 1715461902
Banner

एसीसी यू–१९ प्रिमियर कप : अर्जुन कुमालले गरे शानदार शतक प्रहार

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले शानदार शतक प्रहार गरेका छन् ।

अर्जुनले मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङका क्रममा उनले शतक प्रहार गरेका हुन् ।

आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् । उनले दीपक बोहोरा र आकाश त्रिपाठीसँग ठूलो अंकको साझेदारी गर्दै शतक प्रहार गरेका हुन् ।