२९ बैशाख २०८१, शनिबार 1715462125
Banner

कङ्गो जहाज दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो

काठमाडौं । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तमा चार दिनअघि झण्डै ३०० यात्रु बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ । यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाए अनुसार कङ्गो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने, एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना बताइएको छ ।

आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले २६१ जना बेपत्ता भएको उल्लेख गरेका छन्। घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई कडा कारबाही गरिने बताएका छन् । प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा शुक्रबार अबेर कङ्गो नदीमा रहेको प्रान्तको बन्दरगाह शहर एमबन्दका बाट ३०० किलोमिटर टाढा रहेको बोलोम्बाको लागि छुटेको थियो । यात्रुहरूको सङ्ख्या एकिन हुन सकेको छैन ।