२६ बैशाख २०८१, बुधबार 1715230260
कला/साहित्य

ताण्डव डान्स एकेडेमीद्वारा नवरात्रि सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं । ताण्डव डान्स एकेडेमीले नवरात्रि कार्यक्रम सम्पन्न गरको छ ।

तण्डाव डान्स एकेडेमीले बिहीबार राजधानी काठमाडौं पक्वान्जोल योग मुभी गार्डेनमा तृष्णा गुरुङको कार्यक्रमको प्रमुख अतिथिमा सो कार्यक्रम गरेको हो ।

नेपाली कल्चरलाई प्रवद्र्धन युवालाई इम्पावर, युवाका ट्यालेन्ट उजागर गर्ने कार्यक्रमको उद्देश्य छ । नेपाली कल्चरको श्रीवृद्धिका लागि एकेडेमीले आउँदा दिनमा यस्तै कार्यक्रम गर्दै जाने विजु प्रजापतिले बताए ।

कार्यक्रममा नेपालीहरुले मान्ने नवदुर्गा(दशैँ) छठ पर्वको सांस्कृतिक झझल्को डान्स र म्यूजिक मार्फत प्रस्तुत गरिएको थियो । कार्यक्रमले कल्चर बचाउनुपर्छ भन्ने सन्देश दिएको थियो ।

कार्यक्रमलाई सफल बनाउन निशा हमाल,डान्स, कोरियोग्राफर, म्यूजिक प्रोडूसुर सन्देश हमाल र कलाकार सागर कटुवाल, भिडियोग्राफरको टिम सुजन डीबी र बिजु प्रजापति, ज्ञानेन्द्र हमाललगायतको अथक योगदान छ ।