३० बैशाख २०८१, आईतवार 1715531633
Banner

१९औँ एसियन गेम्स भारत फाइनलमा प्रवेश

काठमाडौं । एसियन गेम्सको पुरूष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ।

शुक्रबार हाङझाउमा भएको खेलमा बंगलादेशलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

भारतले टस जितेर पहिला फिल्डिङ गरेको थियो । बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र जोड्न सक्यो।

जवाफी ब्याटिङ गरेको भारतले १ विकेट गुमाउँदै १० ओभरमै ९७ रन बनायो। भारतका लागि कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए। यसअघि क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो।