२९ बैशाख २०८१, शनिबार 1715451233
Banner

१९औँ एसियाली खेलकुद : नेपाल भारतसँग पराजित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

आज (शुक्रबार) भारतसँग ६१–१७ ले पराजित भएको हो। योसँगै नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको छ ।

कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ ।

यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।