१६ बैशाख २०८१, आईतवार 1714297628
Banner

एसिया गेम्स : क्रिकेट क्वाटरफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

काठमाडौं । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएपछि क्वाटरफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो ।

खेल मंगलबार चिनियाँ समयअनुसार बिहान ९ बजे हुनेछ । सोमबार भएको ड्रअनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।

अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्नेछन् । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् ।

त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् ।