७ जेष्ठ २०८१, सोमबार 1716257602
Banner

सर्वदलीय बैठकमा रास्वपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले बोलाएको सर्वदलीय बैठक अस्वीकार गरेको छ ।

रास्वपाका सभापतिले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीले आजका लागि बोलाएको सर्वदलीय बैठक अस्वीकार गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री दाहालले आजैका लागि मान्यता प्राप्त सर्वदलीय बैठकका लागि आह्वान गरेका थिए ।

चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने जनाएको छ ।

मुल्यवृद्धिको विरोधमा सर्वदलीय बैठक बहिष्कार गरेको रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् बताएका छन्।

‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन्।