१४ बैशाख २०८१, शुक्रबार 1714191064
कला/साहित्य

पुराना सहकर्मीलाई भेटेपछि बाबुराम भट्टराईले भने, ‘नलाऊ माया दुइतिर’ भन्नेहरु तीनतिर भइयो

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वमाओवादीहरु अहिले विभिन्न पार्टीमा पुगेको स्मरण सामाजिक सञ्जालमार्फत गर्नुभएको छ ।

त्रिभुवन विमानस्थलमा तत्कालीन माओवादीमा रहेकी अभिनेत्री रेखा थापा, माओवादी नेता वर्षमान पुनसँगको तस्बिर सेयर गर्दै भट्टराईले भन्नुभएको छ, “एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरु वर्षमान पुन र रेखा थापासँग जम्काभेट ! नलाऊँ माया दुईतिर भन्ने गीत गाउनेहरु तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।”