२५ बैशाख २०८१, मंगलवार 1715073169
Banner

सरकार र स्वास्थ्यकर्मीबीच वार्ता जारी

काठमाडौं । सरकारले आन्दोलनरत् चिकित्सकसँग सरकारले वार्ता जारी छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वले गृहमन्त्रालयमा ३ बजेदेखि वार्ता चलेको हो ।

वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारी सहभागी छन् भने स्वास्थ्यकर्मीको तर्फबाट ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायत प्रतिनिधि छन् ।

माइतीघरमा भेला भएर स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयनको माग राखेका थिए ।

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् ।